मकवानपुर । शैक्षिक सहयोग अक्षयकोष नेपाल, मकवानपुरको साधारण सभा यहि चैत्र २४ गते आयोजना हुने भएको छ । आज बसेको अक्षयकोषको कार्यसमिति बैठकले आगामी चैत्र २४ गते बिहान ११ बजे हेटौंडा–४, स्थित क्लब हेटौंडामा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कोषका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले साधारण सभा आयोजना गर्ने सम्बन्धमा संस्थाका सचिव बद्री बहादुर पाठक र कोषध्यक्ष रामकृष्ण थापालाई निमन्त्रणा एवम् पत्राचारको जिम्मेवारी दिएको छ । बैठकले साधारण सभामा शैक्षिक, सामाजिक, सहकारी, राजैतिक, उद्योग क्षेत्रलगायत सम्बन्धीत सरोकारवालााई समेत साधारणसभामा सहभागि गराई संस्थाका बारेमा जानकारी गराउने निर्णय गरेको अध्यक्ष खुलालले बताउनुभयो ।

यस्तै बैठकले साधारणसभाका अवसरमा यो वर्षको छात्रवृति वितरण गर्ने र छात्रबृति वितरणका लागि कोषबाट माग गरिएको आवेदन बमोजिम प्राप्त निवेदनलाई कार्यविधि बमोजिम तोकिएको समितिबाट प्राप्त हुने नामावलीलाई अर्को बैठकमा अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकले साधारणसभामा संस्थागत र आर्थिक प्रतिवेदन तयार गर्ने, संस्थालाई सहयोग गर्नेलाई सम्मान गर्ने, तथा यसअघि सदस्यता लिन स्वीकार गर्नु भएका महानुभावहरुलाई कोषमा रकम जम्मा गर्न अनुरोध गर्नेलगायतका निर्णय गरिएको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लामा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ २०७६ सालमा स्थापीत शैक्षिक सहयोग अक्षयकोष नेपालमा २०८० पौष मसान्तसम्म संस्थागत सदस्य २० जना, विशिष्ट सदस्य ९ जना, आजिवन सदस्य ७६ जना र साधारण सदस्य १५ जना गरि कुल १२० जना सदस्यहरु रहनु भएको छ । भने, हालसम्म संस्थामा करीब १५ लाख रुपैया जम्मा भएको छ । संस्थाले कार्यविधि नै बनाएर जिल्लाका अभिभावक विहीन, असहाय, द्धन्दपिडीत, जेहेन्दार, संकटग्रस्त बालबालिकालाई छात्रबृत्ति प्रदान गर्ने गरेको छ ।