भारतसँगको पाँचौ टेस्ट क्रिकेटको पहिलो पारीमा इंग्ल्याण्ड २ सय १८ रनमा अलआउट भएको छ । धर्मशालामा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड आज पहिलो दिनको तेस्रो सेसनमै २ सय १८ रनमा अलआउट भयो ।
कुलदीप यादवले ५ र रविचन्द्रन आश्विनले ४ विकेट लिए । यस्तै रविन्द्र जडेजाले एक विकेट लिए । इंग्ल्याण्डका लागि ओपनर ज्याक क्रलीेले एक सय आठ बल खेल्दै ७९ रन बनाए ।
यस्तै जोनी ब्रीस्टो २९, वेन डकेट २७, जोए रुट २६, बेन फोक्सले २४, सोयब बसिर नटआउट ११ र ओली पपले ११ रन बनाए । भारतले जवाफी ब्याटिङ सुरू भएकाे छ ।
भारतले एक खेलअघि नै इंल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खला जितिसकेको छ । चौथो टेस्टमा पाहुना टोलीलाई ५ विकेटले हराउँदै भारतले शृङ्खला जितेको हो ।