नेपाल क्रिकेट संघ (क्यान)ले एक वर्षअघि यू-१९ क्रिकेट टिमका लागि घोषणा गरेको नगद पुरस्कार प्रदान गरेको छ । दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्सको पुगेर घर फर्केको भोलिपल्ट खेलाडीले नगद पुरस्कार पाएका हुन् ।
पोहोर फागुनमा नेपाल यू-१९ विश्वकपमा छनोट भए लगत्तै सरकारले जनही ३ लाख रुपैयाँ र क्यानले जनही १ लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेका थिए । क्यानबाट आएको रकमले पनि निकै राहत दिलाएको खेलाडीहरूले बताएका छन् ।
क्यानको पुरस्कार हात पारेर आशावादी बने पनि यी खेलाडीले सरकारको पुरस्कार भने तत्काल हात पार्ने छैनन् । रकम अभाव भएकैले खेलाडीलाई घोषित पुरस्कार दिन नसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।