सांकेतिक तस्वीर

हेटौंडा । हेटौंडाको पदमपोखरीमा रुखको हाँगा काट्नेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ पदमपोखरी बस्ने वासुदेव अर्यालको छोरा २० वर्षिय योगेश अर्यालको रुखको हाँगाले च्यापिएर मृत्यु भएको हो ।
स्थानीय सोल्टि चोक नजिकै रुखमा चढी सोही रुखको हाँगा काट्ने क्रममा हाँगाले उनको काधमा लागी रुखमा च्यापिएको र मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।