प्रतिकारात्मक तस्विर

मकवानपुर । हेटौँडामा मोटरसाइकलको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ । बुधबार बिहान पूर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौँडा–११ थानाभर्याङमा तालिमका लागि दौडि रहेका एकजना प्रहरी जवानको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । दुर्घटनामा अन्य २ प्रहरी जवान घाइते भएका छन ।
हेटौडा बजारबाट नवलपुरतर्फ जादै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले  बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत डडेलधुरा आलिताल–६ घर भएका  २५ बर्षीय प्रहरी जवान बिनोद एडीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
मोटरसाइकल अनियन्त्रीत भई पल्टिदा चालक हेटौँडा–४ का ४१ बर्षीय लक्ष्मण लामा र सोही गणमा कार्यरत प्रहरी जवानहरु नवराज सार्की र बिजय खत्री समेत घाइते भएको जनाइएको छ । मोटरसाइकल चालकलाई उपचारको लागि चितवन पठाइएको र २ जना प्रहरी जवानको हेटौँडा अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।