हेटाैंडा । हेटाैंडा–९, स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर, पशुपतिनगरकाे १९औं वार्षिक साधारणसभा यहि पौष १४ गते शनिबार हुने भएको छ । “भय रहित, स्वच्छ, सृजनशिल, समाजकाे निर्माण हाम्राे अभियान“ भन्ने उदेश्यकासाथ २०५८ सालमा स्थापना भएकाे केन्द्रकाे १९औं वार्षिक साधारणसभा एवम् अधिवेशन शनिबार सामुदायिककाे सभाहलमा हुन लागेकाे हाे ।
साधारण सभाले आगामी ३ बर्षका लागि नयाँ कार्य समितिको चयन गर्ने संस्थाका अध्यक्ष राम बिष्टले बताउनुभयाे । बिष्टका अनुसार साधारणसभाले आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति चयन गर्नुका साथै संस्थाकाे गतिबिधिसहितको प्रतिवेदन, आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन हुनेछ ।
अध्यक्ष बिष्टले १९औं वार्षिक साधारणसभा एवम् ८औं कार्यसमिति चयन कार्यक्रममा सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्यहरू, आजिवन सदस्य, संमरक्षक, सल्लाहकार, मानार्थ सदस्य, संस्थापक, कानुनी सल्लाहकार, पूर्व अध्यक्षलगायत सम्पूर्ण, सराेकारवालाहरूलाई उपस्थितीका लागि अनुराेध समेत गर्नुभएकाे छ ।