file photo

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो । उक्त निर्देशिका सामाजिक समितिबाट पेश भएको थियो ।
यसैगरी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । राष्ट्रिय जनगणना, २०७८ को कूल जनसङ्ख्याको ०.५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलितबाहेक)लाई अल्पसङ्ख्यकको रूपमा तोक्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै सामाजिक समितिबाट पेश भएका अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९ ‍पनि स्वीकृत भएको छ । बैठकले राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गरेको छ ।