राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको आयोगले जनाएको छ ।
जसमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।