नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले देशलाई बन्धक बनाएर आर्थिक संकट निम्त्याएको बताउनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो ।
देशमा गठबन्धन सरकार छ जहीँतहीँ भ्रष्टाचार मौलाउँदै छ सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीको तलब खुवाउने अवस्था सिर्जना भएको छ ओलीले भन्नुभयो- भागबण्डाका लागि गठबन्धन गरेर देश बर्बाद तर्फ धकेल्नु भइरहेको छ सचेत बन्नुहोस् । एमालेको नेतृत्वमा सरकार हुँदा ल्याएको बिकास र परियोजनाहरूको बजेट कटौती गरेर देशलाई असफल बनाउन तर्फ लागिरहेको ओलीको आरोप थियो । काँग्रेसले आफ्नो सिद्धान्तलाई तिलाञ्जलि दिँदै प्रचण्डको भरिया भएकाले कांग्रेस र वर्तमान सरकार बीच कुनै भिन्नता नरहेको बताउनुभयो । सरकार माओवादीको नीतिमा प्रचण्ड पथमा हिँड्न खोजेको अध्यक्ष ओलीले टिप्पणी थियो । उहाँले भन्नुभयो, ‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ । आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो होइन अदालतले भन्ला ।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौँ । यही बीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ । यो सरकार आफैँ ढल्न पनि सक्छ कुनै समयमा यो गठबन्धन छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन । डडेल्धुराको जनसभालाई सम्बोधन गरेर अध्यक्ष ओली डोटी प्रस्थान गर्नुभएको छ । नेता ओलीले डडेल्धुराको अमरगढी किल्ला,सहिद भीमदत्त पन्तको सालिक र उग्रतारा मन्दिर लगायतको अवलोकन गर्नुभएको छ । सरकारका कारण अन्योल र निराशा बढाउँदा जनता पलायन हुने क्रम बढेको र प्रतिगामी शक्तिहरू सक्रिय बन्न थालेको समेत उनको टिप्पणी छ । अभियानमा ओली संगैं एमालेका केन्द्रीय नेताहरूको बाक्लो सहभागिता रहेको छ ।