File Photo

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र गाेली बरामद गरेको छ। प्रहरीले पालिकाको वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गाेलीसहित एक थान कटुवा पेस्तोल बरामद गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल र गाेली बरामद गरेको हो ।
एकजना व्यक्तिले स्थानीयको पसलअगाडि कटुवा पेस्तोल देखाउँदै हिँडेको भन्ने खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । पेस्तोल गाेलीसहित बरामद भए पनि पेस्तोल देखाउँदै हिँड्ने व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल पुग्नुअगावै स्थानीयले उक्त व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा पेस्तोल र गाेली भुइँमा राखी उक्त व्यक्ति फरार भएको प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजी भइरहेको छ ।