त्रिदेशीय टी-२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दैछ । नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।
टी–२०विश्वकप छनोटको तयारी स्वरूप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन प्रतिस्पर्धा गरिरहेका छन् ।​ मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।
नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ। त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् । लिग चरणका सबै खेल मुलपानी हुनेछ। फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कार्तिक १० गते हुनेछ ।