मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको अवस्थामा सरकार कहाँ छ भनेर खोज्ने अवस्था आएको बताउनु भएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

देश अहिले आर्थिक रुपमा संकटमा परेको समयमा सरकार कतै नभेटिएको भन्दै उहाँले संघीय सरकार र प्रदेश सरकारले केही काम पनि नगरेको र जनताले सरकार खोज्ने अवस्था आएको बताउनुभयो ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले सरकारले नागरिका लागि कुनै काम नगरेको आरोप लगाउनुभयो । मदन भण्डारी फाउनडेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले आउँदै गरेका चार्डपर्बले सुख, शान्ति र समृद्धीको कामना गर्दै सबैमा शुभकामना व्यक्त गर्नुभयो ।
फाउण्डेसनका अध्यक्ष खुलालको अध्यक्षता तथा फाउन्डेसनका केन्द्रीय नेता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरका बिभीन्न राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, बिभीन्न सरकार तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायतकाको आतिथ्यता रहेको थियो ।