नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले नेम्वाङप्रति श्रदाञ्जली र उहाँको परिवारप्रति समवेदना व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ओलीले लेख्नुभएको छ ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसङ्गिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी ! ’