मोरक्कोमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार जना नाघेको छ । अहिलेसम्म एक हजार ३७ जनाको शव भेटिएको र भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सयौँ घाइतेहरुको अस्पतालमा उपचार भइरहेको तर एकिन विवरण प्राप्त नभएको पनि बीबीसीको खबरमा उल्लेख छ । रातिको समयमा ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र विन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

धेरै भवनको भग्नावशेषमा मान्छे पुरिएको आशंकामा खोजी भइरहेको छ । मानिसहरु सडकमा बसिरहेका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।