काठमाडौँ । सभामुख देवराज घिमिरेले ५ वर्षीय बालिका रेजिशा गोपालीको निधन र काँग्रेस सहमहामन्त्री महेन्द्र यादव माथि भएको आक्रमणबारे सदनलाई जानकारी गराउन रुलिङ गर्नुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक, शून्य र विशेष समयमा काँग्रेस सहमहामन्त्री यादव माथि भएको आक्रमण र गोपालीको निधनको सत्यतथ्य छानबिन गर्न सांसद्हरुले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । बैठकमा घटनाबारे सदनलाई जानकारी गराउन सभामुख घिमिरेले सरकारलाई निर्देशन दिनुभयो ।