मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साँस्कृतिक रुपमा नेपालमा मनाईने हरेक पर्वले विशेष महत्व बोकेको बताउनुभएको छ । माघे संक्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले एक समुदायले अर्को समुदायले मनाउने पर्वलाई सम्मान गर्ने प्रचलन पुरानो रहेको र हामिले यस्तो परम्परा भविस्यसम्म पनि अनुसरण गर्दै जानुपर्ने उल्लेख गर्नुभएको छ ।
माघे संक्रन्तिका अवसमा उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच एकता भएको देश हो । माघे संक्रान्ति’, ‘मकर संक्रान्ति’, ‘माघी’ इत्यादी नामले चिनिने नेपालीहरुको एक प्रमुख चाड हो । विविध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा माघे सङ्क्रान्ति पर्व सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले ‘तिला संक्रान्ति’ पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डु लगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित माघे संक्रान्तिको शुभकामना व्यक्त गर्दछु ।”
माघी पर्वलाई थारु समुदायबाट नयाँ वर्षका रुपमा समेत धूमधामसँग मनाउने गरिन्छ । यो पर्व स्नान, दान, पूजार्चना, मनोरञ्जनका साथै मिष्ठान भोजन गर्दै मनाउने प्रचलन छ ।