सर्वोच्च अदालतमा कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । नेकपा (एमाले) का कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोसी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गर्नुभएको हो ।
उक्त विवादको सुनुवाइ भोलिका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । रिट निवेदनमा यही भदौ ४ गते मुख्यमन्त्री थापाले कोसी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैर संवैधानिक भएको उल्लेख छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएको हुँदा संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेशको माग रिट निवेदनमा माग गरिएको छ ।
Home प्रदेश कोशी प्रदेश कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता, आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने आदेश दिन एमाले...