प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानामगरले नवनियुक्त प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएको भन्दै असन्तुष्टि जनाउनु भएकाे छ । राष्ट्रपति कार्यालयले नबोलाएपछि उपसभामुख रानामगरले असन्तुष्टि जनाउनु भएकाे हाे ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा श्रेष्ठलाई शपथग्रहण गराउनु भएकाे हाे । यसअघिका शपथहरूमा राष्ट्रपति कार्यालयले उपसभामुखलाई बोलाउने प्रचलन थियो । तर यसपटक कुनै पत्र नआएको बताइएको छ ।











