प्रतीकात्मक तस्बिर

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फ्यान जोड्ने क्रममा करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरका ५२ वर्षिय बिरबहादुर परियारको मृत्यु भएको हो ।
आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेर घाइते भएका परियारको उपचारका क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । फ्यान जोडने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा आज बिहान पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । परियारको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु स्थित माण्डु हाईड्रोपावरमा एक पुरुषको शव फेला परेको छ । आइतबार बिहान पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीका अनुसार शवको पहिचान भएको छैन् । केही दिन अघी पनि सोहि स्थानमा एक युवतीको शव फेला परेको थियो ।