आज सर्लाही, रौतहट र सिन्धुलीमा बाढीको उच्च जोखिम छ । बाग्मती र यसका प्रमुख सहायक नदीमा जलसतह खतराको तहभन्दा माथि हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै, मकवानपुर, झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, धादिङ, नुवाकोट, नवलपरासी, तनहुँ, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रका नदी तथा साना खोलामा आज बाढीको जोखिम छ । त्यस्तै, काठमाण्डौ उपत्यकामा पनि जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर आज दिनभरी नै झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार भोलि पनि यसैगरी पानी पर्ने अनुमान छ ।