File photo

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका अग्रज नेताहरूका बारेमा जन-मानसमा जानकारी गराउनुपर्नेमा जोड दिनु भएकाे छ । सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले काँग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९औँ स्मृति सप्ताहको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरूको बारेमा अध्ययन र अनुसन्धान गरी जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयाे ।
सभापति देउवाले पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई पहिलो पङ्क्तिको स्मरणीय नेताका रूपमा पुनर्स्थापित गर्दै शीर्षस्थ नेताका रूपमा उपाध्यायको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफूलाई खुसी लागेको धारणा राख्नुभयाे । उहाँले विना कारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै अहिले पार्टीले न्याय गरेको जिकिर गर्नुभयाे ।
फोटो कहाँ राख्ने भन्ने कुरा भयो र हामीले पार्टी कार्यालयमा राख्ने निर्णय गरेऊ मलाई पनि सन्तोष लागेको छ । उहाँ धेरै ठूलो व्यक्ति हो । सहयोग गर्ने सहयोगी व्यक्ति हो । देउवाले पार्टी निर्माणमा सूर्यप्रसाद उपाध्यायले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको स्मरण गर्नुभयाे ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा, पूर्व मन्त्री अर्जुन नरसिंह केसी, तथा डाक्टर मिनेन्द्र रिजाललगायतका नेताले स्वर्गीय उपाध्यायको राजनीतिक तथा कुटुनीतिक व्यत्तित्वबारे चर्चा गर्नु भएकाे थियाे ।