हेटौंडा । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आ आफ्नो धारणा राख्ने क्रम जारी छ । यसै क्रममा बैठकमा मन्तव्य राख्दै बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनु भएका शालिकराम जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताउनु भएको छ ।
बैठकमा आफ्नो धारणा राख्दै जम्कट्टेलले भन्नुभयो “अहिले नेतृत्वको आलोचना गर्ने बेला होइन, नेतृत्व र पार्टी बलियो बनाउने बेला हो ।” साथै उहाँले शान्ति प्रक्रियाको काम छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनु भएको एक नेताले बताउनुभयो ।
बैठकमा आफ्नो पार्टीको मात्र नभई प्रतिस्पर्धी पार्टीहरूको विषयमा पनि समीक्षा हुनुपर्नेमा उहाँले जोड दिनु भएको थियो । आगामी निर्वाचनमा एक्लै चुनाव जित्न सक्ने गरी कार्यक्षेत्रमा जानुपर्ने उहाँको भनाइ थियो । पार्टीको विचार संश्लेषण गर्न नसक्दा माओवादी कमजोर भएको उहाँले बताउनुभयो । साथै नेता जम्कट्टेलले प्रचण्ड पथ छोड्नु गलत थियो भन्ने अहिले पनि पुष्टि भएको दाबी र्गनुभयो ।











