भारतीय क्रिकेट नियन्त्रण बाेर्ड (बीसीसीआई) ले घरेलु सिजन २०२३/२४ का लागि खेलकाे तालिका र मैदानकाे नाम घाेषणा गरेकाे छ । यस घरेलु सिजनमा भारतीय टिमले १६ वटा अन्तर्राष्ट्रिय खेल खेल्नेछ । जसमा ५ वटा टेस्ट, ३ वटा एकदिवसीय र ८ वटा टी–२० रहेकाे छ । यसका साथै बीसीसीआईले भारत–अस्ट्रेलिया शृङ्खलाकाे तालिका र ठाउँ घाेषणा गरेकाे छ ।
भारतीय टिमले एकदिवसीय विश्वकपअघि अस्ट्रेलियासँग ३ खेलकाे एकदिवसीय शृङ्खला खेल्नेछ । याे शृङ्खलाकाे पहिलाे खेल सेप्टेम्बर २२ माेहालीमा हुनेछ । यस्तै दाेस्राे खेल सेप्टेम्बर २४ मा इन्दाेर र तेस्राे खेल सेप्टेम्बर २७ मा राजकाेटमा हुनेछ । यस्तै विश्वकपपछि भारत–अस्ट्रेलियाबीच ५ खेलकाे टी–२० शृङ्खला हुनेछ । नाेभेम्बर २३ मा शुरु हुने शृङ्खला डिसेम्बर ३ मा सकिनेछ ।एकदिवसीय विश्वकप अक्टाेबर ५ देखि भारतमा शुरु हुँदैछ । विश्वकपकाे फाइनल खेल नाेभेम्बर १९ मा अहमदाबादमा हुनेछ ।