आइतबार हेटौँडाबाट प्रहरीले एक सय किलो ६ सय ग्राम लागुऔषध गाँजा र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा हेटौँडा- ४ कर्रास्थित सडकdf सवारीसाधन रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा बोकी ल्याएको बागमती प्रदेश ०३-००१ च १६८८ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो ।
बोलेरो पिकअप गाडीलाई रोकी शङ्का लागेर खानतलासी गर्दा उक्त गाडीको पछाडिको भागमा खाली क्रेटहरूको मुनी बोराभित्र लुकाइछिपाई गरी ल्याइएको अवस्थामा लागुऔषध गाँजा फेला पारेको प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिg’eof]। उक्त लागुऔषध र पिकअफ गाडीसहित चालक गोरखा पालुङटार नगरपालिका- ३ बस्ने ३७ वर्षका दुर्गा दर्जीलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता कार्कीले बताpg\’eof]।