हेटाैँडा/ नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९), अभियानले पार्टी संगठनलाई जस्ताेसुकै प्रतिस्पर्धालाई सामना गर्नसक्ने बलियाे बनाउन भएकाे केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले बताउनु भयाे ।
उहाँले कम्युनिष्ट पार्टीकाे सदस्यता संख्यात्मक बृद्वि तथा गुणस्तर कायम गर्नुपर्ने र जनताकाे समस्यामा एकाकार भएर कमिटी र नेतृत्व परिचालन हुनुपर्ने बताउनुभयाे । जनमतकाे सृजना र संरक्षण व्यवस्थित पार्टी संगठनबाट हुनसक्ने भएकाेले व्यवस्थित संगठन निर्माणमा जाेड दिनुपर्ने उहाँकाे भनाईरहेकाे थियाे ।
अभियान सञ्चालन गर्ने क्रममा पार्टी संगठन बलियाे बनाउँदै पहिलाे र बहुमतकाे पार्टी निर्माण गर्न वडाकाे टाेल टाेलमा जनता र कार्यकर्ताकाे बीचमा जाने हेटाैँडा १० नं. वडा कमिटीकाे बैठकले निर्णय गरेकाे छ ।
बैठकले जनसंगठनकाे वडा कमिटी, पार्टी टाेल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणकाे लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टाेली बनाई सञ्चालन गर्ने निर्णय गरेकाे वडा सचिव सविन लामा भयाे ।
पार्टी वडा अध्यक्ष राजकुमार विककाे  अध्यक्षता गाेपाल श्रेष्ठ, श्याम श्रेष्ठ, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू ईन्द्रप्रसाद नेपाल, सुनिल मुक्तान, फूर्वा दाेर्जे लामा, सुमित्रा काफ्ले, मदन दाहाल, जिल्ला सदस्यहरू उमा सुनार, दुर्गा नेपाल, सानु लामा, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, उपसचिव जनरल श्रेष्ठ, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।