file photo

आज तीन प्रदेशका केहि ठाउँमा ठुलाे पानी पर्ने माैसमविद्ले बताएका छन् । आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयाे । अधिकारीका अनुसार कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा दिउँसो तथा राति ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
आज खासै धेरै पानी पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि दिउँसो पछि भने पश्चिमी क्षेत्रमा पनि मनसुन सक्रिय हुने अनुमान छ । भोलि र पर्सि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । आज भन्दा भोलि र पर्सि धेरै पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।