चट्याङ लागेर डोटीमा एक जनाकाे मृत्यु भएकाे छ । डोटीको बडीकेदार गाउँपालिका–५ दुदिलामा चट्याङ लागेर ६५ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएकाे हाे । आफ्नै घरको आगनमा बाख्राको स्याहारसुसार गरिरहेको अवस्थामा चटयाङ लाग्दा बोहराको ज्यान गएको प्रहरीले जनाएको छ । चटयाङकै कारण छ वटा बाख्रासमेत मरेका छन् ।