मकवानपुृर । बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालित सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने विषयमा समिति निर्माण भएको छ । हेटौँडामा भएको क्याम्पस सञ्चालक समिति तथा सरोकारवालाहरूको बैठकले क्याम्पसका पुर्व अध्यक्ष एवम बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको संयोजकत्वमा समिति निर्माण गरेकाे हाे ।
समितिमा क्याम्पसका पूर्वअध्यक्षहरु माईकल रामचन्द्र अर्याल, प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान रहनु भएको छ । समितिको सदस्य सचिवमा क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर यम सिलवाल रहनु भएको छ ।
बैठकले प्रदेशको राजधानी हेटौँडामा विश्वविद्यालयको आवश्यकता रहेको र प्रदेश सरकारले पनि प्रदेश विश्वविद्यालयको अवधारणालाई प्राथमिकताको साथ अघि बढाएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसलाई नै विश्वविद्यालयको रूपमा अघि बढाउने गरी काम गर्न समिति निर्माण गरिएको हो ।