हेटौंडामा रहेको नेपाल बैंक लिमिटेडको एटिएम तोडफोड भएको छ । गएराति हेटौंडा-५मा रहेको बैंकको शाखाको एटिएम तोडफोड भएको हो ।
बैंकको एटिएम र सँगै रहेको पुडासैनी हार्डवेयर पनि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी वामदेव गौतमले बताउनु भयो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको एसपी गौतमले जानकारी दिनुभयो।