हेटौडा । मकवानपुरगढी गाउँपलिकाको वडा नम्बर ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । आईतबार एक कार्यक्रमका बिच ४ नम्बर वडाको सहिद रुद्र स्मृती सामुदायिक स्वास्थ्य ईकाईलाई प्रमाणपत्र प्रदान गर्दै गाउँपलिकाका अध्यक्ष् दोर्जे लामा स्याङतानले औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नु भएको हो ।
जिल्लाको ८ वटा गाउँपालिकाहरुमा मकवानपुरगढी गाउँपलिकाको वडा नम्बर ४ पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । सो अवसरमा अध्यक्ष स्याङतानले अब आगामी बर्षहरुमा पनि अन्य वडाहरुलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेर सिङ्गो पालिकलाई नै संस्थागत सुत्केरी पालिका घोषणाको तयारी भईरहेको बताउनुभयो ।

वडा भित्र गत आर्थिक वर्षमा ४० जना र यो आर्थीक बर्षमा ३५ जना सस्थागत सुत्केरी सेवा लिएको गाउँपलिका स्वास्थ्य संयोजक धुब्र लामिछानेले जानकारी दिनु भयो । बिगत पाचँ वर्ष देखि नै पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यको लागि आफुहरु लागि परेको यो कार्यले निरन्तार्ता र दिगो पन राख्नको लागि आफुहरु सक्रियताका साथ लागेको बताउनुभयो । उहाँले चालु आर्थीक बर्षमा वडा नम्बर १, २, र ३ गरि कम्तिमा ३ वटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने गरि प्राथमिकतामा राखेको काम गरिरहेको बताउनुभयो ।

बागमती प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा थाहा नगर पालिका वडा नम्बर–६ लाई २०७६ साल साउन १७ गते पूर्ण संस्थागत वडा घोषणा गरिएको थियो । थाहा नगरकै वडा ९ र १० लाई २०८० बैशाख २७ गते , वडा नम्बर २, ३, र ४ लाई २०८० जेठ २२ गते तथा वडा नम्बर ११ र १२ लाई जेठ २८ गते पूर्ण संस्थागत वडा घोषणा गरिएको छ । यस्तै जिल्लामा हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ९ र ६ पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भई सकेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
वडा नम्बर ४ का अध्यक्ष् अर्जुन प्रसाद तिमल्सिनाको सभाअध्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमारी पार्ख्रिन नेपाली, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दिपक कुमार तिवारी, मकवानपुरगढी गाउँँपलिका प्रशासकिय अधिकृत शैलेद्र भण्डारी,लगायत वडा सदस्यहरु, स्वास्थ्यकर्मीहरु, स्वास्थ्यस्वयं सेविकाहरु, स्थानीय वडाबासीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा वडा नम्बर ४ का स्वास्थ्य साखाका कर्मचारी, स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान समेत गरिएको थियो ।