पप्पु कन्स्ट्रक्शनका सञ्चालक हरिनारायण रौनियार ठगीसम्बन्धी कसुरमा किटानी जाहेरीका आधारमा पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरको टोलीले रौनियारलाई आज शुक्रवार पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनुभयो ।
रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भए पनि काठमाण्डाैमा बस्ने भएकाले रौनियार पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर काठमाण्डाैलाई अनुरोध गरिएको थियो ।
रौनियार पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसांसद्समेत हुन् । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।