file photo

हेटौंडा। बागमती प्रदेशसभामा आज प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा तामाङले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रदेशसभामा लामाले प्रस्तुत गर्दै हुनुहुन्छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपियाँ विनियोजन गरेको थियो । तर आगामी आवको बजेटको आकार चालु आवको भन्दा घट्ने देखिएको छ । प्रदेश सरकारको आफ्नै राजस्वको स्रोतमध्ये मुख्य गरी राजस्व सङ्कलन हुने मालपोत र सवारी करमा ह्रास आउने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेशको राजस्व सङ्कलनमा कमीसँगै सङ्घबाट प्राप्त हुने अनुदान घट्ने भएसँगै आगामी आवको बजेटको आकारसमेत घट्ने अनुमान गरिएको छ ।