मकवानपुर ।बागमती प्रदेशसभाको आजको बैठकमा बागमती प्रदेशको आर्थिक सर्वेक्षण पेश भएको छ । आज बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९/८० पेश गर्नुभएको हो ।
आर्थिक सर्वेक्षण पेश भए लगत्तै प्रदेश प्रमुख भुवन कुमार पाठकले प्रदेशसभाको अर्को बैठक असार १ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरि स्थगित गर्नुभएको थियो । शुक्रबारको बैठकमा प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेट प्रस्तुत गर्ने छ ।