हेटौंडा । अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको दिवसका अवसरमा सोमबार हेटौंडा उपमहानगरपालिका–९, मा सचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । हेटौंडा–९, स्थित सुन्दर सपना भविष्य केन्द्र (मिलन बाल समूह), संवेदनशील बाल समुह र शान्ति टोल बाल समुहको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
सुन्दर सपना भविष्य (मिलन बाल समुह) की अध्यक्ष एवं नगर सञ्जालकि सदस्य रिया बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा र ईलाका प्रहरी कार्यालय पशुपतिनगरले समन्वय गरेको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष राम बिष्ट र ईलाका प्रहरी कार्यलय पशुपतिनगरका प्रहरी निरिक्षक राजु केसीले सहजिकरण गर्नुभएको थियो ।

बालमैत्री वडा सञ्जाली उपाध्यक्ष मानुषी कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रममा संवेदनशील टोल विकास संस्थाका अध्यक्ष एवं बालमैत्री वडा समितिका सदस्य नबराज कोइराला, मिलन टोल विकास संस्थाका अध्यक्ष नबराज खतिवडा, ९ नम्बर बालमैत्री वडा सहजकर्ता आशिष खतिवडा, शान्ति बाल समुहकी संरक्षक सिता गौतम लगाएको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बालश्रम विरूद्व हुने कानुनी लगाएत विविध पक्षका बारेमा जानकारी गराइएको थियो । यो वर्ष विश्व बालश्रम विरूद्व दिवश “सवैका लागि सामाजिक न्याय, बालश्रम अन्त्य गरौं ।” भन्ने नाराका साथ मनाईएको हो ।
