मकवानपुर । प्रेस चौतारी नेपाल मकवापुर शाखाको साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।

साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रथम मुख्यमन्त्री पौडेलले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकार स्वतन्त्र हुनु पर्ने धारणा राख्नुभयो । उहाँले पत्रकारीता सधैं स्वतन्त्र हुनुपर्ने तर, ठूला मिडियाहरुमा नै निर्देशित समाचार मात्र प्रकासन हुने हुँदा पत्रकार स्वतन्त्र हुन नसकेको बताउनुभयो । प्रथम मख्यमन्त्री पौडेलले अहिलेको सरकारले गरेका नराम्रा कामहरुको पत्रकारहरुले भण्डाफोर गर्नुपर्ने बताउनुभयो । प्रदेश तहमा आफु मुख्यमन्त्री हुँदा सात वटा मन्त्रालय भएपनि १४ वटा मन्त्रालय थप्दा आम नागरिकहरुले प्रदेश सरकार प्रति हेर्ने दृष्टिकोण समेत नराम्रो भएको बताउनुभयो ।
नेपालको संविधानले नै संसारको सबैभन्दा बढी स्वतन्त्रता प्रदान गरेको भए पनि तेस्को प्रयोग कसरी भयो भन्ने प्रश्न चिन्ह रहेको बताउनुभयो । उहाँले अहिले विभिन्न प्रबिधिको बिकाससङ्गै पत्रकारहरु पनि प्रबिधिमा दक्ष हुनु पर्ने धारणा समेत राख्नुभयो । उहाँले पत्रकार सङ्ग ठुलो परिवर्तन गर्ने क्षमता भएकोले त्यस्को प्रयोग गर्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिब हिरामान लामाले पत्रकार महासंघले सुद्धीकरणका नाममा क्रियाशिल पत्रकारहरुलाई हटाएमा आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी मकवानपुरले पत्रकारिता क्षेत्रमा क्रियासिल रहेर काम गर्ने पत्रकार उज्वल अधिकारी र निशा गुरुङलाई नगद सहित सम्मान गरेको छ । प्रेस चौतारी नेपाल मकवानपुर शाखाले प्रेमनाथ चौलागाईं स्मृति पत्रकारिता पुरस्कार अधिकारीलाई र सृजनशील पत्रकारिता पुरस्कारबाट निशा गुरुङलाई पुरस्कृत गरेको हो । त्यसैगरी आजको साधारणसभाबाट प्रेस चौतारी मकवानपुरको उपाध्यक्षमा सुनिता विष्ट, सहसचिवमा मनिता राना, सदस्यहरुमा अशोक बजगार्ई, स्मिता अर्याल, भुवन थापा र अम्बिका बस्नेत चयन हुनु भएको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिब बिष्णु तारुके, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष शरद सापकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिब नविन सिग्देल, प्रेस चौतारी मकवानपुरका इन्चार्ज सुरेन्द्र मान प्रधान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ठ, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बानका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसी, स्वतन्त्र पत्रकार संगठन मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।