सभामुख सानु कुमार श्रेष्ठ

मकवानपुर– ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकले प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि पारित गर्दै पुस २३ गते सम्मकालागि स्थगित भएको छ । आईतबार बसेको प्रदेश सभा बैठकमा मुख्य सचेतक रामेश्वर फुँयालले टेबुल गर्नुभएको प्रदेश नामाकरण सम्बन्धी कार्यविधि २०७६ सर्वसम्मतीले पारित गर्दै २३ गते सम्मका लागि स्थगीत भएको हो ।

मुख्य सचेतक फुँयालले टेबुल गर्नुभएको कार्यविधि प्रस्ताव उपर नेपाली कांग्रेसकी सचेतक राधा घले र विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले समर्थन गर्नुभएको थियो । बैठकमा प्रस्तावमाथि विभिन्न सांसदहरुले छलफल गर्नुका साथै सांसदहरुले उठाएका विषयमाथि प्रस्तावक फुँयालले जवाफ दिनुभएको थियो । जवाफ पछि प्रदेशसभाको बैठकले प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि ंशोधनसहित सर्वसम्मत पारित भएको हो । बैठक स्थगीत भएसंगै पुस २२ गतेको प्रदेश सभा वैठकमा हुने भनिएको प्रदेशको राजधानीको मतदानको विषय पनि पछाडी धकेलिएको छ । सभामुख सानुकुमार श्रेष्ठले पुस २३ गते दिउसो ३ वजे सम्मका लागि वैठक स्थिगित भएको वताउनुभयो ।