प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनु मात्र भएको बताउनु भएकाे छ । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै अध्यक्ष ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयाे,‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ । अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’ प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको र मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको उहाँको भनाइ छ ।