हेटौंडा– हेटौंडामा जारी तेश्रो वडा स्तरीय तेश्रो मेयर कप फुटबल प्रतियोगितामा बिजयी बन्दै हेटौंडा १ क्वाटर फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा भएको प्रतिश्पर्धात्मक पहिलो खेलमा हेटौंडा ५ लाई ४–२ गोल अन्तरले पराजित गर्दै हेटौंडा १ ले क्वाटर फाइनलमा स्थान बनाएको हो ।
पहिलो हाफमा २ गोलले अग्रता लिएको हेटौंडा ५ दोश्रो हाफमा कम्जोर देखिदा खेलबाट बाहिरीएको छ । हेटौंडा १ ले चारै गोल दोश्रो हाफमा गरेको थियो । उत्कृष्ठ खेल प्रदर्शन गर्ने हेटौंडा १ का सुमन आले मगर म्यान अफ दी म्याच घोषित भए । उनलाई हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख राजेश बानियाँले ट्रफि हस्तान्तरण गरेका थिए ।
प्रतियोगिता अन्तरगतको हेटौंडा १२ र १४ बिचका खेल बिवादका कारण स्थगित भएको छ । खेल सञ्चालन भएको १३ औं मिनेट सम्म दुई गोल खाएको हेटौंडा १२ का खेलाडि तथा अफिसिएलले रेफ्रीको निर्णय गलत भएको भन्दै मैदान बाहिरीएपछि खेल स्थगित भएको थियो । उनिहरुले अफसाईड बललाई गोल दिएको भन्दै रेफ्रीको निणयको बिरुद्धको अडान कायम गरेपछि आयोजकले वडाअध्यक्ष, अफिसीएलसँगको छलफल पछि प्रतियोगिता सञ्चालन गर्ने भन्दै खेल स्थगित भएको जनाएको थियो ।
उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद २ लाख, उपबिजेता १ लाख ५० हजार, सन्तवना २ वटा टिमलाई ५०÷५० हजार, सर्बोत्कृष्ठ खेलाडिलाई १५ र उत्कृष्ठ खेलाडिहरुलाई ५÷५ हजार रुपियाँ नगद सहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तरगत शनिबार हेटौंडा २ र १७ तथा ८ र १९ नम्बर वडा बिच दुई वटा खेल हुने आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिता जेठ २७ गते सम्म चल्ने छ ।