काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले तत्काल कृषि ऐन बनाएर कृषि व्यवसायलाई समृद्ध बनाउन सरकारलाई सिफारिस गरेको छ । आयोगले आज ललितपुरमा पत्रकार सम्मेलन गरी नेपालमै रासायनिक तथा प्राङ्गारिक मल कारखाना स्थापना गर्न पनि सरकारलाई सुझाव दिइएको आयोगले जनाएको छ ।
आयोगले किसानको वर्गीकरण गर्न, किसानहरूलाई सहुलियत रुपमा कर्जा तथा औजारहरू उपलब्ध गराउन, कृषि कर्म गर्न घर फर्क जस्ता कार्यक्रम लागु गर्न पनि सरकारलाई सुझाव दिएको छ । पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत रैथाने बीउ, बिरुवाको प्रवर्द्धन, वैदेशिक कृषि प्रवर्द्धन, नश्ल जातिको अध्ययन लगायतमा सुझाव दिइएको जानकारी दिनुभयो ।