file photo

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले पारित गरेको छ । आज साेमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको हो ।
मन्त्रिपरिषद्ले पारित गरेको बजेटबारे अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुहुनेछ । राष्ट्रपति कार्यालयबाट अर्थमन्त्री महत संसद् भवन जानुहुनेछ ।
आउँदो आर्थिक वर्षको बजेट प्रस्तुतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक अहिले ४ बजे बस्दैछ । सरकारले साढे छ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्दै १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गरेको छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।