मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी जेठ १६ देखि २० गतेसम्म राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्व.केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले हेटौंडा–४ स्थित हुप्राचौरमा हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिईएको छ । प्रतियोगितामा मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, मधेश प्रदेश भलिबल टिम, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मणिमुकुन्द भलिबल टिम, वालिङ भलिबल टिम (स्याङजा) र पाथीभरा भलिबल टिम (झापा) गरी १० वटा भलिबल टिमको सहभागिता रहने आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख, दोस्रो हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै सात्वना पुरस्कार स्वरूप प्रतियोगितामा सेमिफाइनल पुग्ने २ टिमलाई ५०÷५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा करिब २५ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।