आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
उक्त सुन सोमबार प्रतितोला १ लाख १० हजारमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख आठ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।