नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा आज दोस्रो दिन पनि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुने भएको छ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा बिहीबार प्रस्तुत राजनीति प्रतिवेदनमाथि ८ समूहमा छलफल हुने भएको छ ।
त्यस्तै, मिसन ग्रासरुट अभियानको समीक्षा बाँकी प्रदेशको पेश भएपछि समूहगत छलफल हुने प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनुभयाे । बिहीबार मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले र कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गर्नु भएकाे थियाे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक वैशाख ३० गतेसम्म चल्नेछ ।