गुठी संस्थान र रथका पुजारीले रातो मत्स्येन्द्रनाथको रथ लगनखेल–जावलाखेल तान्ने र भोटोजात्राको साइत तय गरेका छन् । हाल लगनखेलस्थित थटिटोलमा राखिएको रथ जावलाखेल लगेको तीन दिनपछि भोटो देखाउने चलन छ ।
११ गते जाह्वला अर्थात् भोटो जात्रा देखाइनेछ । उक्त दिन सरकारले सार्वजनिक बिदा दिने चलन छ। राष्ट्रप्रमुख तथा राष्ट्राध्यक्षलाई भोटो देखाएर यो जात्रा समापन हुन्छ ।