नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पुर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थीतिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीतिक र पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।