नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तार र बजेट तथा नीति तथा कार्यक्रमबारे नेताहरूको राय माग्न बैठक बोलाएको बताइएको छ । तर प्रचण्डको सचिवालयले नेताहरूलाई छलफलका एजेन्डाबारे केही जानकारी नदिएको बताइएको छ । यसअघि पार्टी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा गर्दै आएको माओवादीले बिहीबार भनेर बालुवाटारमा बोलाएको हो ।