ओमानलाई २ रनले हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । मुलपानी मैदानमा यूएईले ओमानलाई डीएल पद्धतिका आधारमा २ रनले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।
यूएईले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाएको अवस्थामा पानी परेपछि डिएल पद्धतिका आधारमा यूएयी विजयी भयो । यूएई र नेपालबीचकाे फाइनल खेल आउँदाे साेमबार त्रिवि मैदानमा हुनेछ ।