हेटौंडा । उपभोक्ता हित संरक्षण मञ्च नेपाल बागमती प्रदेशको अध्यक्षमा राम विष्ट सर्बसम्मत चयन हुनुभएको छ । शनिबार हेटौडामा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधीहरुकाे भेलाले सामुदायीक प्रहरी सेवा केन्द्र हेटौडाका अध्यक्ष समेत रहनुभएका बिष्टको अध्यक्षतामा उपभोक्ता हित संरक्षण मञ्च नेपाल बागमति प्रदेश कमिटी गठन गरेको हो ।

नवगठित प्रदेश कमिटीको उपाध्यक्ष वेद वहादुर खांड (धादिङ), सचिव सूर्य बोहरा (चितवन), सहसचिव इन्द्र भुजेल (सिन्धुली), कोषाध्यक्ष जुना श्रेष्ठ (मकवानपुर) र सदस्यहरु नविन कार्की (रामेछाप), कुमार लगुन (दोलखा), कमल कुमार भारती (सिन्धुपाल्चोक), राजकाजी डंगोल (काठमाडौँ), राम प्रसाद न्यौपाने (रसुवा), विमला भट्टराई (चितवन), रोहीत गुरुङ्ग (सिन्धुली) चयन हुनु भएको छ ।
नवनिर्वाचित अध्यक्ष विष्टले उपभोक्तको हितमा सबै पक्षको साथ लिएर थप प्रभावकारी काम गर्ने बताउनुभयो । ‘प्रदेश स्तरमा कमिटि नहुँदा जिल्लासँगको समन्वयसँगै प्रदेश स्तरबाट हुनुपर्ने अनुगमन, नीति नियम निर्माण र कार्यान्वयनमा प्रभावकारी समन्वय हुन सकेको थिएन’, उहाँले भन्नुभयो, ‘अब बागमती प्रदेशमा समितिले योजनाबद्ध ढंगले कार्ययोजना बनाएर काम गर्नेछ ।’

कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष एवं वागमती प्रमुख बासु खतिवडा, केन्द्रीय महासचिव विष्णु तिमिल्सीना, मधेश प्रदेश प्रमुख एवं केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, उपाध्यक्ष सुवर्णप्रभा गुरागाई, केन्द्रीय उप–महासचिव एवं काठमाडौँ महानगरपालीकाकी कानूनी सल्लाहकार कुमादी खरेल लगायतको उपस्थिति रहेको थियो ।