मकवानपुर– आन्तरीक राजस्व कार्यलय हेटौडाले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष ०७५÷०७६मा आन्तरीक राजस्व कार्यलय हेटौडाले ३ अर्व ८८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ४ अर्व २८ करोड राजस्व संकलन गरेको छ ।
त्यस्तै यस आर्थिक वर्ष २०७६÷७७ मा ५ अर्व ८२ करोड लक्ष्य लिएको छ भने चालु आर्थिक वर्षको श्रावणदेखि असोज २९ सम्म १ अर्व २३ करोड राजस्व संकलन गरीसकेको आन्तरीक राजस्व कार्यलय हेटौडाका प्रमुख कर अधिकृत सन्त बहादुर ढकालले जानकारी दिनुभयो । नेपाल सरकारले स्थायीलेखा नम्बर अनिवार्य गरेपछि आन्तरीक राजस्व कार्यलय हेटौँडामा विभिन्न शिर्षकमा करदाताहरु थपिएको उहाँले बताउनुभयो ।