मकवानपुर– हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले चाडपर्व मनाउने सन्र्दभमा आचार संहिता जारी गरेको छ । वडा कार्यालयले सार्वपक्षिय भेलाको आयोजना गरेर गत कार्तिक १ गतेबाट आचार संहिता जारी गरेको हो ।


९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख खुलालले कोरोना माहामारीका बिचमा चाडपर्वहरु मनाउनु पर्ने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर सभ्य हिसाबले चाडपर्व मनाउन आग्रह गर्नुभयो । उहाँले चाडपर्व मनाउँदा अहिलेको विषम परिस्थितीलाई ध्यान दिन सुझाव दिनुभयो । उहाँले वडा कार्यलयले जारी गरेको आचार संहिताको पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण वडावासीलाई आग्रह गर्नुभयो ।


९ नम्बर वडा कार्यालयले आचार संहिताका बारेमा जानकारी दिने साथै हालसम्म वडामा कोभिडले पारेको प्रभावका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा वडा भण्डारीले जो जाँहा छौं, त्यहि बसेर चाडपर्व मनाउन, स्वास्थ्य मापदण्डको पालना गर्न, अनावश्यक रुपमा घर बाहिर नहिड्न साथै जम्मा नहुन, चाडपर्वका नाममा हुने निषेधित कार्य नगर्न, मदिरा सेवन नगर्न, नगराउन, मर्यादित रुपमा चाडपर्व मनाउन आव्हान गर्नुभयो । साे क्रममा उहाँले असाेज ३० गते सम्मकाे वडामा काेभिडले पारेकाे प्रभाव सम्बन्धी विवरण समेत प्रस्तुत गर्नुभएकाे थियाे ।

वडा कार्यालयद्धारा जारी आचार संहिता र काेभिड विवरण यस्ताे छ ।